Wednesday November 20, 2019  |    |  NEP | EN

फेदीखोला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय | फेदीखोला, स्याङ्जा, गण्डकी प्रदेश, नेपाल

Menu

शिक्षाको सुधारमा ११ बुदे प्रतिबद्दता

सामुदायीक बिद्यालयको ब्यबस्थापकिय तथा शैक्षिक गुणस्तर सुधार सम्बन्धी गाउपालिका भित्रका सम्पुर्ण सामुदायीक बिद्यालयको प्रअ , बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष र जनप्रतिनिधी बिचको अन्तरकृयामा समुहगत छलफलबाट आएका रचनात्मक सुझाबहरु गाउपालिका सरकारको लागि सकरात्मक रहेको छन। शिक्षाको सुधारमा ११ बुदे प्रतिबद्दता समेत जारी गरीएको छ।

विस्तृतमा...

विद्यालयमा विद्युतीय हाजिरी

सिद्धार्थ मावि फेदीखोलाबाट विद्युतीय हाजिरीको औपचारिक सुरुवात गरिएको हो । शिक्षक ढिलो विद्यालय जाने र छिटो बाहिरिने गुनासो समेत गाउँपालिकामा आउने गरेको थियो । स्थानीय सरकारले विद्यालय प्रशासन सुधार्न शैक्षिक गुणस्तरमा अभिवृद्धि तथा प्रविधिमैत्री शैक्षिक संस्था निर्माणको लागि नयाँ कामको थालनी गरेको सुवेदी बताउँछन् । गाउँपालिकामा यस वर्ष १० विद्यालयमा विद्युतीय हाजिरी जडान भएको छ भने आगामी आर्थिक वर्षभित्र सम्पूर्ण विद्यालय एवं कार्यलयमा यो प्रविधि जडान गरिने प्रमुख सुवेदीले बताए । स्थानीय तहका जनप्रतिनिधिले आफ्नो जिम्मेवारीअनुरुप शिक्षा सुधार गर्ने जागरुकताका साथ नयाँ विषयमा छलफल गर्दै स्थानीय शिक्षाको नीति निर्माणको लागि समेत जुटिरहेको सुवेदीले बताए । विषयगत विज्ञसँग बृहत छलफल गरी छिट्टै स्थानीय शिक्षा ऐन पारित गर्ने उनले बताए । यसै वर्ष विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारमा डिस्टेन्ट लर्निङ सेन्टर र ई-लाइब्रेरी निर्माण गर्ने सुवेदीले बताए ।

विस्तृतमा...

सम्पुर्ण माबीमा कम्प्युटर दरबन्दी

फेदिखोला गाउपालिका स्याङ्जाले सम्पुर्ण माबीमा कम्प्युटर अध्ययन अनिवार्य गराउने जस्को लागि पुर्बधारमा सहयोग गर्ने , मावी तृतीय कम्प्युटर शिक्षकको दरबन्दी ब्यबस्था गर्ने निर्णय गरेको छ। बालबिकासका कक्षामा पढाउने सम्पुर्ण बिद्यालयका शिक्षकलाइ ब्यबस्थित तालिम र तलबमा मासिक रु १००० प्रोत्साहन गर्ने निर्णय गरेको छ।

विस्तृतमा...

जनप्रतिनीधि/पदाधिकारी