गृहपृष्ठ ->
गाउँपालिकाप्रोफाइल
परिचय ->
फेदिखोला स्याङ्जाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर फेदिखोला गाउँपालिका घोषणा गरिएको हो । फेदिखोला गाउँपालिकामा ५ वडाहरू रहेका छन् । फेदिखोलाको कुल क्षेत्रफल ५६।७३ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला पर्दछ भने पश्चिममा आँधीखोला गाउँपालिका छ। यसको उत्तरी भागमा कास्की जिल्ला क्षेत्रमा पुतलीबजार नगरपालिका र आँधीखोला गाउँपालिका पर्दछन् ।
