Sunday September 22, 2019  |    |  NEP | EN

फेदीखोला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय | फेदीखोला, स्याङ्जा, गण्डकी प्रदेश, नेपाल

Menu
सूचना
सार्वजनिक खरीद / बोलपत्र सूचना
जनप्रतिनीधि/पदाधिकारी
फेदीखोला गाउँपालिकाको संक्षिप्त परिचय
पोखरा लेखनाथ महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो । स्याङ्जाको स्वागतद्वारको रुपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ । देशको संघीय पुर्नसंरचना अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर फेदिखोला गाउँपालिका घोषणा गरिएको हो । ५ वटा वडा रहेको गाउँपालिकाको कुल क्षेत्रफल ५६.७३ रहेको छ । व्यापक जनसंघर्षपछि स्थानीय आवश्यकताको महसुस अनुसार यो गाउँपालिका स्थापना भएको हो । प्राकृतिक, साँस्कृतिक एवम् जैविक बिबिधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पन्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् । पुरातात्विक धार्मिक पहिचानका रुपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ्ग आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र रहेको छ । रामकोट, बाँगेफड्केमा सञ्चालित होमस्टेले ग्रामीण साँस्कृतिक परिवेशलाई जीवन्तता दिएको छ भने साँस्कृतिक पर्यटनमा महत्वपूर्ण टेवा पु¥याएको छ । निकट भविष्यमा सञ्चालन हुने बन्जीजम्फिङ तथा टे«किङका नयाँ रुटहरुले पर्यटनमा थप उत्साह सृजना गर्नेछ । उत्तरी भागमा कास्की जिल्ला , दक्षिण क्षेत्रमा पुतलीबजार नगरपालिका र पश्चिममाआँधीखोला गाउँपालिका पर्दछन् ।
 पाँचैवटा वडाबाट पाउन सकिने सेवाहरु
  1. प्रमाणित->जन्म, विवाह, घर पाताल, कागज/मञ्जुरीनामा, हकवाला वा हकदार, अविवाहित, अंग्रेजी सिफारिस तथा प्रमाणित, आर्थिक अवस्था बलियो वा सम्पन्नता, जग्गा मूल्याङकन, जीवितसंगको/मृतकसंगको नाता प्रमाणित
  2. सिफारिस->घरजग्गा नामसारी, मोही लगत कट्टा, घर कायम, छात्रबृत्ति, अपाङ्ग, बसोबास, नागरिकता, विद्युत/धारा जडान, व्यवसाय, ठाउँसारी, नावालक परिचयपत्र, चौपाय सम्वन्धी, विद्यालय सञ्चालन स्वीकृत
  3. दर्ता->जन्म/मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाईसराइ, मिलापत्र कागज/उजुरी, व्यवसाय नविकरण तथा दर्ता
  4. सामाजिक सुरक्षा भत्ता-> जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण/आशिक अशक्त्त अपाङ्गता भत्ता
योजना तथा परियोजना
दस्तावेज
बजेट,नीति तथा कार्यक्रम
कानुन/निर्देशिका
फेदीखोला गाउँपालिकाको संक्षिप्त परिचय
योजना तथा परियोजना
  • युवा रोजगार बैंक

    देशमा बढ्दै गएको बेरोजगारी र युवा पलायनलाई मध्यनजर गर्दै गाउँपालिकामा रोजगार बैंक स्थापना गरिनेछ । गाउँपालिकामा रहेका युवाहरुको दक्षता सर्वेक्षण गरी दक्ष जनशक्तिलाई रोजगारको वातावरण दिलाउन तथा अदक्ष जनशक्तिलाई आवश्यक सीप विकास तालिम विभिन्न केन्द्रमार्फत प्रदान गरिनेछ । युवा परिषदको

  • अत्यन्त सहज तथा प्रभावकारी स्वास्थ्य सेवा

    गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रुपमा प्राप्त गर्ने प्रत्येक नागरिकको नैर्सगिक अधिकार हो । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नारालाई मनन गर्दै गाउँपालिकामा अत्यन्त सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न तथा उक्त सेवालाई प्रभावकारी बनाउन आगामी ५ बर्षभित्र

  • प्राविधिक शिक्षालय स्थापना'

    राष्ट्र निमाणको आधार गुणस्तरीय शिक्षा र आधुनिक शैक्षिक पूर्वाधार तथा त्यसका उत्पादन हुने तथ्यलाई मनन गर्दै शिक्षाको गुणस्तरीयतामा जोड दिइनेछ । गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तरीयता सुधारिने छ । विशेषत प्राविधिक शिक्षा तथा पद्धतीलाई जोड दिइनेछ

  • एक घर एक धारा अभियान

    गाउँपालिकावासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न गाउँपालिकामा रहेका विभिन्न स्रोतहरुको पहिचान गरी आधुनिक प्रविधिबाट खानेपानी व्यवस्था तथा एक घर एक धाराको अभियान लागु गरिनेछ |

    1. ढाक्रेबास–मट्टीखान खानेपानी योजना (३ वर्षभित्र)
    2. ढाक्रेबास – भाटखोला खानेपानी योजना (३ वर्षभित्र)
    3. गलेम –
तपाईको राय